मत गणना बाँकी छँदै भरतपुरमा रेनु र चित्रसेनको जित सुनिश्चित

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ९ गते २१:३३
मत गणना बाँकी छँदै भरतपुरमा रेनु र चित्रसेनको जित सुनिश्चित

चितवन- भरतपुर महनगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालको जित सुनिश्‍चित भएको छ । १ लाख १६ हजार ६ सय ६६ मत गणना हुँदा दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २ सय ६३ मत ल्याएका छन् ।

सुवेदी भन्दा दाहाल ११ हजार ४ सय ५७ मतले अगाडि छिन् । महानगरमा १० हजार ९ सय मत गणना गर्न अब मात्र बाँकी छ ।

त्यस्तै नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४७ हजार ९ सय ५८ मत ल्याएका छन् । त्यसैगरी राप्रपाकी हिमला गुरुङले २७ हजार ९ सय २२ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको थियो । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत मतदान भएको छ । मतदाताको संख्या १ लाख ८५ हजार ७ सय ५२ रहेको छ ।

प्रकाशित : २०७९ जेठ ९ गते २१:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI