भरतपुर महानगर : कांग्रेसले १६ वटा वडा जित्दा, एमाले ६, माओवादी र नेकपा एस ३-३ वडामा खुम्चिए

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १० गते १०:५१
भरतपुर महानगर : कांग्रेसले १६ वटा वडा जित्दा, एमाले ६, माओवादी र नेकपा एस ३-३ वडामा खुम्चिए

चितवन– स्थानीय निर्वाचनमा सबैभन्दा बढी चासोसाथ हेरिएको भरतपुर महानगरपालिकाको अन्तिम मतपरिणाम आएको छ । मेयरमा नेकपा माओवादी केन्द्रका रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

वडामा भने कांग्रेसले सबैभन्दा धेरै वडा जितेको छ । महानगरपालिकाको २९ वडामध्ये नेपाली कांग्रेसले १६, एमालेले ६, माओवादी केन्द्र र नेकपा समाजवादीले ३/३ र एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय भएका छन् ।

गत निर्वाचनमा एमालेले १४, नेपाली काँग्रेसले १२ र माओवादीले ३ वडा जितेको वडा जितेको थियो ।

वडा नम्बर १ देखि २९ सम्मका विजयी वडाअध्यक्षहरू

वडा नम्बर १- केशव महर्जन (नेपाली काँग्रेस)

वडा नम्बर २ – मनोज रानाभाट(नेपाली काँग्रेस)

वडा नम्बर ३- विकास थापा (नेकपा एमाले)

वडा नम्बर ४- अर्पण पोख्रेल(नेपाली काँग्रेस)

वडा नम्बर ५- युद्धप्रसाद श्रेष्ठ (नेपाली काँग्रेस)

वडा नम्बर ६- कृष्णलाल श्रेष्ठ (नेपाली काँग्रेस)

वडा नम्बर ७- राजेन्द्रमणि काफ्ले (नेकपा एकीकृत समाजवादी)

वडा नम्बर ८- जीवनाथ कंडेल (नेपाली काँग्रेस)

वडा नम्बर ९- यमलाल कँडेल ( नेकपा एकीकृत समाजवादी)

वडा नम्बर १०- परमेश्वर खनाल (नेपाली काँग्रेस)

वडा नम्बर ११- कमलबहादुर मल्ल (नेकपा एमाले)

वडा नम्बर -१२ लेखराज पन्त (नेकपा एमाले)

वडा नम्बर १३- प्रकाश दवाडी (नेकपा माओवादी केन्द्र)

वडा नम्बर १४- राजेन्द्र साखी (नेपाली काँग्रेस)

वडा नम्बर १५- श्रीकृष्ण देवकोटा (नेपाली काँग्रेस)

वडा नम्बर १६- अमृतराज हमाल (नेपाली काँग्रेस)

वडा नम्बर १७- ललितमान तामाङ (नेपाली काँग्रेस)

वडा नम्बर १८- बाबुराम रानामगर (नेकपा एमाले)

वडा नम्बर १९- प्रकाश तामाङ (नेकपा एमाले)

वडा नम्बर २०- मुक्तिप्रसाद घले (नेपाली काँग्रेस)

वडा नम्बर २१- कृष्णकुमार गुरुङ (नेपाली काँग्रेस)

वडा नम्बर २२- बिष्णु महत्तो (नेकपा एकीकृत समाजवादी)

वडा नम्बर २३- दीपक दवाडी (नेपाली काँग्रेस)

वडा नम्बर २४- रामप्रसाद गोदार (नेकपा माओवादी)

वडा नम्बर २५- छविलाल सापकोटा (स्वतन्त्र)

वडा नम्बर २६- ज्ञानप्रसाद खनाल (नेकपा एमाले) वडा नम्बर

२७- रामबहादुर भण्डारी (नेपाली काँग्रेस)

वडा नम्बर २८- डण्डपाणि रिजाल (नेकपा एमाले)

वडा नम्बर २९- बहादुर गुरुङ (नेपाली काँग्रेस) ।

प्रकाशित : २०७९ जेठ १० गते १०:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI