४० वर्ष माथिका नागरिकको वर्षमा एकपटक आधारभूत स्वास्थ्य परीक्षण नि:शुल्क गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १० गते १८:२७
४० वर्ष माथिका नागरिकको वर्षमा एकपटक आधारभूत स्वास्थ्य परीक्षण नि:शुल्क गरिने

काठमाडौं- सरकारले ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक आधारभूत स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिइकी हुन्।

आधारभूत स्वास्थ्य परीक्षणमा रक्तचाप, पिसाब, अल्बुमिन, सुगर लगायतका जाँच पर्दछन्।

राष्ट्रपति भण्डारीले यी जाँचसहित महिलामा हुने पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम विस्तार गर्ने जानकारी पनि दिएकी छिन्।

प्रकाशित : २०७९ जेठ १० गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI