९ देखि स्नातकसम्मका पाठ्यक्रम परिमार्जन हुने, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई थप बिस्तार गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १० गते १८:३५
९ देखि स्नातकसम्मका पाठ्यक्रम परिमार्जन हुने, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई थप बिस्तार गरिने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० मा कक्षा ८ देखि स्नातकसम्मका पाठ्यक्रममा परिमार्जन गरि सबै संकायमा प्राविधिक तथा व्यवसायिक विषय समावेश गर्ने नीति अगाडि सारेको छ । मंगलबार संघीय संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाठ्यक्रममा परिमार्जनको नीति सार्वजनिक गरेकी हुन् ।

सरकारले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने नीति पनि लिएको छ । सरकारले विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई थप बिस्तार गर्ने योजनासमेत रहेको बताएको छ ।

प्रकाशित : २०७९ जेठ १० गते १८:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI