No ads found for this position

बाघको आक्रमणबाट ४९ वर्षीय महिलाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १० गते २०:१४
No ads found for this position
बाघको आक्रमणबाट ४९ वर्षीय महिलाको मृत्यु
No ads found for this position

नवलपुर — बाख्रा चराउन जंगल गएकी एक महिलालाई बाघले आक्रमण गर्दा मंगलबार साँझ करिब साढे ५ बजे मृत्यु भएको छ । मधुवन नगरपालिका—२ कोठिया गाउँकी ४९ वर्षीया कौशिका पाललाई बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रविण विडारीले जानकारी दिए ।

जिल्ला वन अधिकृत विडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामूदायिक वनमा बाघले आक्रमण गरेको थियो । खाता रेन्ज पोष्टदेखि करिब २ सय मिटर उत्तरमा बाघले आक्रमण गरेको हो।

बाघको बासस्थान रहेको उक्त सामूदायिक वनमा पालको शव फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बर्दिया निकुञ्ज र भारतको कतरनियाट वन्यजन्तु आरक्ष जोड्ने यस मार्ग र आसपासका क्षेत्रमा बाघ, हात्ती, गैंडा लगायत वन्यजन्तु ओहोर दोहोर गर्छन् । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : २०७९ जेठ १० गते २०:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI