नेपालले कतारमा ओमान र टिमोरसँग खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ११ गते १५:०९
नेपालले कतारमा ओमान र टिमोरसँग खेल्ने

काठमाडौं । एएफसी एसियन कप –२०२३ छनोटको तयारीमा रहेको नेपाली फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कतार फुटबल संघका अनुसार नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने पक्का भएको हो ।

त्यसका लागि नेपाली टिम बुधबार राति ८ बजे कतार प्रस्थान गर्दै छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नियमित टोलीका ११ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।

यसअघि नेपालले कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । तर, त्यो अन्तिम समयमा रद्द भयो । अब,  नेपालले पहिलो खेल २८ मे अर्थात शनिबार लिष्ट टिमोरसँग खेल्नेछ भने ३ जुनमा ओमानसँग खेल्नेछ ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नेछ।

प्रकाशित : २०७९ जेठ ११ गते १५:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI