संसद्मा ओलीको तीन घण्टा

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १२ गते १४:५७
संसद्मा ओलीको तीन घण्टा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि झन्डै तीन घण्टा बोलेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल क्रममा ओलीले प्रारम्भमा आफ्ना धारणा राखेका हुन् ।

बिहान करिब ११ः१५ मा रोस्टममा पुगेका ओलीले सुरुवाताम नै सभामुखसमक्ष आफू अस्वस्थ रहेको भन्दै बसेर बोल्ने अनुमति मागेका थिए । रोस्टममा बसेर दिउँसो २ बजेसम्म निरन्तर बोलेका ओलीले चुनावको समीक्षादेखि नीति तथा कार्यक्रममा विविध विषयमा आफ्नो धारणा राखे । सो क्रममा ओली स्थानीय निर्वाचनमा सत्ता पक्षले जनतालाई धम्क्याएको, बम पड्काएको र निष्पक्षरूपमा चुनाव नगरेको आरोप लगाए ।

राज्यस्रोतको चरम दुरुपयोग गरेर एमालेलाई सिध्याउन खोजे पनि एमाले नै पपुलर भोट पाउने पार्टी बनेको उनको भनाइ छ ।

सम्बोधनका क्रममा ओलीले सत्तापक्ष नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनका नेताहरूमाथि कटाक्ष गर्न भ्याए । ओलीले नीति तथा कार्यक्रम खल्लो भएको टिप्पणी गरेका छन् । एमालेले कार्यक्रम ल्याउँदा देश सक्ने भयो भनेर तर्सिएको भन्दै अहिले उनले आकाशबाट जुन तारा नै खसाउँछ होला भन्ने लागेको भन्दै कटाक्ष पनि गरे । तर, एमालेका कार्यक्रमहरू दोहोर्र्याइएको उनको भनाइ छ

प्रकाशित : २०७९ जेठ १२ गते १४:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI