No ads found for this position

काठमाडौंको मेयरमा पहिलोपटक स्वतन्त्र विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १३ गते ६:३५
No ads found for this position
काठमाडौंको  मेयरमा पहिलोपटक स्वतन्त्र विजयी
No ads found for this position

संघीय राजधानी रहेको काठमाडौं महानगरको मेयरमा पहिलोपटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख दलका उम्मेदवारलाई फराकिलो अन्तरले हराउँदै बालेन्द्र साह काठमाडौं महानगरको मेयर बनेका हुन् । लौरो निर्वाचन चिह्न पाएका उनले ६१ हजार ७६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत मात्रै पाइन् ।

एमालेका केशव स्थापित ३८ हजार ११७ मतसहित तेस्रो भए । त्यस्तै, स्वतन्त्रका सुमन सायमीले १३ हजार ७७०, राप्रपाका मदनदास श्रेष्ठले पाँच हजार ७७० र विवकेशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८६ मत प्राप्त गरे । स्वतन्त्रकी विद्या श्रेष्ठले १३ हजार ६१५, राप्रपाकी विनिता मगैयाले १२ हजार १४१, स्वतन्त्रकी बेन्जीसिंह महर्जनले ६ हजार ५५५, विवेकशील साझाकी कृति कंसाकारले २ हजार ५९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७९ जेठ १३ गते ६:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI