हराएको विमानमा १६ नेपाली र ६ विदेशी

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १५ गते ११:३२
हराएको विमानमा १६ नेपाली र ६ विदेशी

१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

प्रकाशित : २०७९ जेठ १५ गते ११:३२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI