सामूहिक बलात्कार आरोपमा ६ युवा पक्राउ, सबै १९ वर्षका

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १९ गते ९:१६
सामूहिक बलात्कार आरोपमा ६ युवा पक्राउ, सबै १९ वर्षका

रुपन्देही  । सामूहिक बलात्कारमा संलग्न ६ युवालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

१४ वर्षीयाा किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन ४ रुद्रपुरमा सामुहिक बलत्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिंन्जाली, सोही ठाउँका सुलभ केसी, कन्चन गाउँपालिका वडा नम्बर ३ का लक्ष्मण रसाईली, अमित कंडेल र सौरव थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले बताए। उनीहरु सबैजना १९ वर्षका रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी ती किशोरीलाई अपहरण गरी लगेको सूचनाका आधारमा खोजी गर्दा उनीहरुलाई प्रहरीले फेला परेको हो ।

उनीहरुले अपहरण गरी कन्चन गाउँपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मण रसाईलीको घरमा सामुहिक बलत्कार गरेको आरोप छ ।

प्रकाशित : २०७९ जेठ १९ गते ९:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI