नवलपुर जेसीजको प्रि इण्डक्सन तालिम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २१ गते २२:०३
नवलपुर जेसीजको प्रि इण्डक्सन तालिम सम्पन्न

नवलपुर,जेठ २१ । नवलपुर जेसीजले कावासोतीमा आयोजना गरेको प्रि इण्डक्सन एकदिने तालिम सम्पन्न भएको छ ।

नवलपुर जेसीजकी अध्यक्ष राधिका भुसालको अध्यक्षता तथा नवलपुर जेसीजका संस्थापक अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कानुनी सल्लाहार ओमकार घिमिरेले स्वागत गर्नुुभएको थियो ।

कार्यक्रममा सहभागीलाई नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले नवलपुर जेसीजका नयाँ सदस्यहरुलाई जेसीजको बारेमा जानकारी गराउँदै तालिमको सहजीकरण गर्नुभएको थियो ।

नयाँ सदस्य लक्षित तालिममा २५ जनाको सहभागिता रहेको र कार्यक्रमको उद्घाटन नवलपुर जेसीजका अध्यक्ष राधिका भुसाल तथा प्रमुख अतिथि नवलपुर जेसीजका संस्थापक अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले सम्युक्त रूपमा गमलामा पानी हालेर गर्नुभएको थियो ।

कार्यक्रममा नवलपुर जेसीजका पूर्व अध्यक्ष नवराज सुवेदीले शुभकामना मन्तव्य एवम् सहभागीलाई जीवनमा योग ध्यानको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने सहभागीको तर्फबाट अमृत पोखे्रल र सिता कुवरले तालिम फलदायी भएको बताउनुभएको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक तथा नवलपुर जेसीजका उपाध्यक्ष भूपराज पोख्रलले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन नवलपुर जेसीजका महासचिव लोकनाथ सिमखडाल गर्नुभएको थियोे ।

प्रकाशित : २०७९ जेठ २१ गते २२:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI