घनश्याम भुसालकाे माग- ‘ओलीमाथि छानबिन हुनुपर्छ

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २२ गते ११:२९
घनश्याम भुसालकाे माग- ‘ओलीमाथि छानबिन हुनुपर्छ

काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएका छन् । ‘उहाँ (ओली) ले पार्टी बिगार्नुभएकाे छ,’ भुसालले हामिसँग भने, ‘त्यसकाे छानबिन हुनुपर्छ, उहाँमाथि छानबिन हुनुपर्छ ।’ उनले अध्यक्ष ओलीकै कारण पार्टी बिग्रिएकाे जिकिरसमेत गरेका छन् । ‘उहाँकै कारण याेबीचमा पार्टी बिग्रियाे, यसकारण पनि उहाँमाथि छानबिन हुनुपर्छ मैले भनेकाे हुँ । यसकाे प्रभाव स्थानीय निर्वाचनमा देखियाे ।’

पार्टी बिग्रिएकाे कुराकाे जिम्मेवारी अध्यक्षले नै लिनुपर्ने भनाइ भुसालकाे छ । ‘पार्टी बिगार्नेले सपार्नुपर्छ । सामान्य विषयलाई लिएर कुनै पनि नेता/कार्यकर्तामाथि कारबाही गर्नु पार्टी हितविपरीत हुन्छ,’ उनले भने । उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीकाे आलाेचना गरेकाे भन्दै अनुशासन समितिले कारबाहीकाे सिफारिस गरेकाे हाे ।

उनीमाथि कारबाहीकाे तयारी भइरहेकाे एमालेका एक उपाध्यक्षले बताए । ‘उहाँमाथि कारबाहीकाे तयारी भइरहेकाे छ, त्यसमा अनुशासन समितिले सिफारिस गरिसकेपछि यसलाई यत्तिकै टार्नु उचित नहुने बुझाइ नेतृत्वपङ्तिकाे छ,’उनले भनेका छन् ।

प्रकाशित : २०७९ जेठ २२ गते ११:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI