No ads found for this position

इम्बोस्ड नम्बर प्लेटका लागि यसरी दिनुहोस् अनलाइन आवेदन

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २३ गते ७:३१
No ads found for this position
इम्बोस्ड नम्बर प्लेटका लागि यसरी दिनुहोस् अनलाइन आवेदन
No ads found for this position

काठमाडौं । सरकारले गत कात्तिकमा राजपत्र जारी गर्दै चरणबद्ध रुपमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो ।

यद्यपि सो निर्णयको कार्यन्वयन प्रभावकारी रुपमा नहुँदा यातायात व्यवस्था विभागले असार मसान्तसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरूले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नपर्ने बताएको छ ।

सेवाग्राहीको सहजताका लागि भनेर विभागले इम्बोस्ड नम्बर दर्ताको लागि अनलाइन आवेदन दिने व्यवस्था गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट दर्ता गर्ने तरिका

– यातायात व्यवस्था विभागको वेबसाइट खोल्नुहोस् ।

– स्क्रिनको दायाँतिर भएको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ मा क्लिक गर्नुहोस् ।

– स्क्रिनमा देखिने अप्सनहरूमध्ये अन्तिममा रहेको ‘अनलाइन आवेदन गर्नुहोस्’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

– स्क्रिनको बायाँतिर भएको ‘गेट स्टार्टेड’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

– यसपछि प्रणालीले माग गरेको विवरणहरू भर्नुहोस् । यसमा पुराना अर्थात् अञ्चलबाट जारी भएको नम्बर प्लेटको हकमा भने कार्यालय कोड राख्नुपर्ने ठाउँलाई छोडेर अन्य; जारी गरिएको प्रदेश वा अञ्चल, सवारीको लट कोड, वर्गीकरण र नम्बर राख्नुहोस् । यसपछि तपाईंको मोबाइल नम्बर र ईमेलमार्फत भेरिफिकेसन कोड आउँछ ।

– आफ्नो सवारीको विवरण र व्यक्तिगत विवरण पालैपालो भर्नुहोस् ।

– यसपछि तपाईं आवेदनको अर्को चरणमा पुग्नुहुन्छ, जहाँ तपाईंले आफ्नो ब्लुबुक, नागरिकता वा पासपोर्ट, रकम भुक्तानी गरेको भौचर, सवारी कर भुक्तानीको भौचर लगायतका कागजातहरूको तस्वीर सब्मिट गर्नुहोस् ।

– यसपछि नेक्स्ट अप्सनमा क्लिक गरेर सम्पूर्ण जानकारी भेरिफाई गरी आवेदन दिन स्क्रिनको दायाँतिर गएर सब्मिटमा क्लिक गर्नुहोस् ।

यति गरेसकेपछि तपाईंले आफ्नो इम्बोस्ड नम्बर प्राप्त गर्नुहुनेछ । प्राप्त इम्बोस्ड नम्बर लिएर सम्बन्धित यातायात कार्यालयमा गई आफ्नो इम्बोस्ड नम्बर प्लेटको लागि स्वीकृति लिन सक्नुहुनेछ ।

प्रकाशित : २०७९ जेठ २३ गते ७:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI