No ads found for this position

इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द नगरे अवज्ञा हुने गगन थापाको चेतावनी

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २३ गते १२:१०
No ads found for this position
इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द नगरे अवज्ञा हुने गगन थापाको चेतावनी
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए ।

सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए ।

प्रकाशित : २०७९ जेठ २३ गते १२:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI