पश्चिम नवलपरासीको जिल्ला अदालत नजिकै गोली चल्यो

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २३ गते १८:२१
पश्चिम नवलपरासीको जिल्ला अदालत नजिकै गोली चल्यो

परासी । पश्चिम नवलपरासीको  सदरमुकाम परासी बजारमा गोली चलेको छ । जिल्ला सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालत नजिकै गोलि चलेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।

प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ जेठ २३ गते १८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI