बाघको आक्रमणबाट महिलाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २४ गते १७:३१
बाघको आक्रमणबाट महिलाको मृत्यु

चितवन । बाघको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो चार बजे जगतपुरको घैलाघारी सामुदायिक वनमा निउरो टिप्न जाँदा भरतपुर २३ की अन्दाजी ५५-६० वर्षकी मंगली बोटेको मृत्यु भएको हो।

 

उनीसहित चार जना निउरो टिप्न गएका थिए। बोटेको शव बाघले जंगलतर्फ लगेको छ। नेपाल प्रहरी, कसरा ब्यारेकबाट आर्मीसहित ४ वटा हात्तीबाट खोजी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।

प्रकाशित : २०७९ जेठ २४ गते १७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI