बाल विकास कक्षाका शिक्षकको तलब वृद्धि

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २६ गते ८:४४
बाल विकास कक्षाका शिक्षकको तलब वृद्धि
Presentation icon. vector sign symbol with teacher or boss and student or employer

काठमाडौं– बाल विकास कक्षाका शिक्षकहरुको तलब वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले वजेट भाषण मार्फत बाल विकास कक्षाका शिक्षकहरुको तलब दुई हजारले वृद्धि गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

केन्द्रय सरकारले ८ हजार उपलब्ध गराउँदै आएकोमा आर्थिक वर्ष २०७९/०८० देखि दुई हजार थप गरेर १० हजार उपलब्ध गराउने गरी वृद्धि गरीएको अर्थ मन्त्रालय स्रोतले खबर एजुकेसनलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार वजेट भाषणमा उल्लेख नगरीए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत एक्टिभिटिज भनेर बाल विकास कक्षाका शिक्षकको तलब वृद्धिका लागि एकमुष्ठ रकम राखिएको जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रकम अर्थ मन्त्रालयले कार्यक्रम अन्तर्गत राखेर केन्द्रलाई पठाएको जानकारी दिएको छ । केन्द्रका अनुसार कार्यक्रम अन्तर्गत दुइ हजारले वृद्धि गरी एक मुष्ठ रकम पठाएको र त्यसलाई उल्लेख गरेर पठाइने जनाएको छ । त्यसैगरी विद्यालय कर्मचारीको हकमा के गर्ने भन्ने बारे अर्थ मन्त्रालयमा छलफल भइरहेको समेत स्रोतले जनाएको छ ।

विष्णु पौडेल अर्थ मन्त्री रहँदा गत आर्थिक वर्ष २०७८ /०७९ बाट बाल विकास कक्षाका शिक्षकको तलब वृद्धि गरी न्युनतम तलब १५ हजार पुराएको थियो । त्यसमा ८ हजार केन्द्रय सरकारले र ७ हजार स्थानिय तहले उपलब्ध गराउने गरी तलब वृद्धि गरेको थियो ।

प्रकाशित : २०७९ जेठ २६ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI