ट्रयाक्टरको ढालामा च्यापिएर कावासोतीमा एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ३० गते ९:०८
ट्रयाक्टरको ढालामा च्यापिएर कावासोतीमा एक जनाको ज्यान गयो

नवलपुर । नवलपुरको कावासोतीमा ट्याक्टरले च्यापिएर एकजनाको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं. १७ गोछडाटारमा मकैको ढोड लोड गरि फर्कने क्रमामा ट्याक्टरको ढाला पल्टीएर सोहि ढालाले च्याप्दा सोहि स्थानका ५५ वर्षका शान्तिनाथ महतोको मृत्यु भएको हो ।
स्थानीय खुसीराम थनेतको खेतबाट मकैको ढोड गरेर निस्कने क्रममा ना ७ त ३७७५ नम्बरको ट्याक्टर फसेपछि चक्कामा लागेको माटो निकाल्न लागेका थिए । सोहि क्रममा ढाला पल्टन गई दुर्घटना भएको थियो ।ट्याक्टरमा च्यापिएका उनको उपचारको क्रममा मध्यविन्दु अस्पतालमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ जेठ ३० गते ९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI