No ads found for this position

मम:को डल्लो अड्किएर ५० वर्षीय पुरुषको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १ गते ८:१९
No ads found for this position
मम:को डल्लो अड्किएर  ५० वर्षीय पुरुषको मृत्यु
No ads found for this position

अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा म:मबारे एक सल्लाह जारी गरेको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो । एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होसियारीका साथ निल्न’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पर्‍याइएको थियो ।

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा म:म खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा म:मको डल्लो अड्किएको फेला परेको थियो ।  डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।

म:म अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।

उनको मृत्युको कारक म:म पुष्टि भएपछि एम्सले  भारतमा सडक पसलदेखि  उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ । एजेन्सी

प्रकाशित : २०७९ असार १ गते ८:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI