शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ४ गते ८:१३
शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न

प्रेम न्यौपाने/कावासोती ।
नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा बधाई शुभकामना तथा परिचयात्मक कार्यक्रम जनविकास विद्याश्रम आधारभूत विद्यालय कावासोती ३ अट्ठाईस बिगाहामा सम्पन्न भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कावासोती नगरपालिका वडा नं. ३ बाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुको सम्मानमा विद्यालयले सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष डोरमान गिरी, सदस्यहरू ऋषिराम बस्ताकोटी, बसन्ती कुँवर के.सी., रन बहादुर थापा र साबित्री रसाइलीलाई बधाई ज्ञापन सहित सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष गिरीले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक विकासका लागि आफूहरुले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले विद्यालयको समग्र विकासका लागि बृहत गुरुयोजना निर्माण गरि अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।

सम्मान कार्यक्रम पश्चात् जनप्रतिनिधि, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा शैक्षिक अन्तरक्रिया समेत सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा विद्यालयको समग्र शैक्षिक आर्थिक र भौतिक पक्षका बारेमा छलफल गरिएको थियो ।

विद्यालयका संस्थापक एवं वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्च बहादुर पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक शिव पराजुलीले गर्नुभएको थियो ।

प्रकाशित : २०७९ असार ४ गते ८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI