जिसस नवलपुर : सबै पदमा एमालेका उम्मेदवार विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ४ गते १५:०६
जिसस नवलपुर : सबै पदमा एमालेका उम्मेदवार विजयी

कावासोती । जिल्ला समन्वय समिति नवलपुरको शनिबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छ्न ।

शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा बाबुराम बिश्वकर्मा (कावासाेती),उप प्रमुखमा शकुन्तला लम्साल (कावासाेती) सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल (बिनयी त्रिबेणी) लिला पाैडेल ( गैंडाकोट ),लाेकनाथ अर्याल (मध्यबिन्दु),सरस्वती पाठक (देवचुली), पिन कुमारी चिताैरे मगर (बाैद्दिकाली ),रेनु गुराै थारु (मध्यबिन्दु), सम्झना सार्की (बुलिङटार) निर्वाचित भएका हुन ।

कुल ८ वटा स्थानिय तह रहेको नवलपुरमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि १६ जना मतदाता थिए भने एमालेका उम्मेदवारहरुले ११/११ मत पाएका हुन ।

प्रकाशित : २०७९ असार ४ गते १५:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI