नेपाली काङ्ग्रेसका नेता शिवाकोटीद्वारा स्थापित पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ४ गते १८:२८
नेपाली काङ्ग्रेसका नेता शिवाकोटीद्वारा स्थापित पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई

नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कार पत्रकार शम्भु गौतमले पाउने भएका छन् । नन्दप्रसाद जानकी शिवाकोटी प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सो पुरस्कारबारे जानकारी दिएका हुन् ।

दोलखा जिल्लाकै पहिलो विद्यालय क्षमावती माध्यमिक विद्यालयका संस्थापक तथा तत्कालिन पूर्व २ नम्बर (दोलखा) का जिल्ला सभापति नन्दप्रसाद शिवाकोटी र उनकी जीवनसंगिनी जानकी शिवाकोटीको स्मृतिमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका उनका सुपुत्र अजयबाबु शिवाकोटीले नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कारको घोषणा गर्नुभएको थियो ।

दोलखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारलालाई दिइने उक्त पुरस्कार यसपालि पत्रकार शम्भु गौतमले पाउने भएका हुन् । यसै वर्षबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार ताम्रपत्रसहित २५ हजार रुपैयाँ राशीको हुनेछ ।

पुरस्कार नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीको अवसरमा आगामी भदौ ४ गते प्रदान गरिने पनि प्रतिष्ठानका अध्यक्ष शिवाकोटीले जानकारी दिएका छन् ।

प्रकाशित : २०७९ असार ४ गते १८:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI