प्रियंकारानी बनिन् नयाँ मिस नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ४ गते २०:०४
प्रियंकारानी बनिन् नयाँ मिस नेपाल

काठमाडौं । यो वर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी प्रियंकारानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित ‘ग्रान्ड फिनाले’मा प्रियंकारानीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा फर्स्ट रनरअप अर्थात् मिस नेपाल अर्थ काठमाडौंकै सरीशा श्रेष्ठ घोषित भइन् । सेकेन्ड रनरअप अर्थात् मिस नेपाल इन्टरनेसनलको उपाधि विराटनगरकी न्यान्सी खड्काले जितिन् ।

प्रतियोगितामा योपटक २४ जनाले सहभागिता जनाएका थिए ।

प्रियंकारानीले अब मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सरीशाले मिस अर्थमा भाग लिनेछिन् । न्यान्सीले मिस इन्टरनेसनलमा सहभागिता जनाउनेछिन् ।

प्रकाशित : २०७९ असार ४ गते २०:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI