नवलपुर भलिबल संघको अध्यक्षमा महतो

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ६ गते ११:११
नवलपुर भलिबल संघको अध्यक्षमा महतो

नवलपुर । जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा सरोज महतो निर्विरोध चयन भएका छन् ।

नवलपुरमा आइतबार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले महतोलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । उनी पश्चिमाञ्चल क्षेत्रिय भलिबलका टिम कप्तान समेत रहि सकेका थिए । संघको उपाध्यक्षमा रमेश तिवारी, जामुना महतो र चन्द्र बहादुर थापा समेत गरी तिन जना चयन भएको गण्डकी प्रदेश निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरी संघको सचिवमा धिरेन्द्र प्रताप गाहा (दान बहादुर), सह सचिवमा प्रदिप कुमार मोग्मी र कोषाध्यक्षमा याम कुमारी पुन निर्वाचित भएको जनाइएको छ ।

कार्यसमिती सदस्यमा महत सिंह थापा (कावासोती), कोपिला थापा (देवचुली), सन्त बहादुर नेपाली (वुलिङटार), लालमणी थारु (मध्यविन्दु), तम बहादुर राना (हुप्सेकोट) र अमृत कार्की (विनय त्रिवेणी) रहेका छन् ।

यसै गरी गण्डकी प्रदेश प्रतिनिधिमा बल बहादुर राना र गजेन्द्र बन सन्यासी तथा केन्द्रिय प्रतिनिधीमा तिल बहादुर खण्डलुक मगर निर्विरोध चयन भएको जनाइएको छ ।

प्रकाशित : २०७९ असार ६ गते ११:११
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI