रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ७ गते १३:३८
रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

काठमाडौँ — पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् ।

लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’

प्रकाशित : २०७९ असार ७ गते १३:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI