न्यायाधीशले करोडौँ घुस मागेको अडियो बाहिरियो, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ८ गते ११:४६
न्यायाधीशले करोडौँ घुस मागेको अडियो बाहिरियो, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौँ रकम घुस मागेको अडियो सार्वजनिक भएको छ ।

न्युज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियो संवाद सार्वजनिक गरेको हो ।

संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गरिएको छ । त्यसमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ ।

यसै विषयमा छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।

प्रकाशित : २०७९ असार ८ गते ११:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI