No ads found for this position

बलात्कारका दैनिक ६ घटना, निसानामा बालिका

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ९ गते १२:०१
No ads found for this position
बलात्कारका दैनिक ६ घटना, निसानामा बालिका
No ads found for this position

काठमाडौं । नेपालमा प्रत्येक दिन औसतमा ६ जना बलात्कृत हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको पछिल्ला ३४ महिनाको तथ्यांकानुसार बलात्कारका दैनिक ६ घटना हुने गरेको पाइएको हो ।

प्रहरीले पछिल्ला ३४ महिनामा बलात्कारका ६ हजार ५५५ घटनामा मुद्दा चलाएको छ । त्यसअनुसार औसतमा प्रत्येक दिन बलात्कारका ६ घटना भएको देखिन्छ ।

आर्थिक वर्ष ०७६/७७ मा बलात्कारका दुई हजार १४४ घटना भए । औसतमा उक्त वर्ष प्रतिदिन बलात्कारका ६ घटना भएको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष ०७७/०७८ मा बलात्कारका दुई हजार ५३४ घटना दर्ता भएका छन् । त्यो दैनिक ६ भन्दा बढी घटना हुन आउँछ ।

चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकानुसार बलात्कारका एक हजार ८७७ घटना प्रहरीमा दर्ता भएका छन् । त्यो दैनिक ६ भन्दा बढी हो ।

अधिकांश ११ देखि १६ वर्षमुनिका बालिका बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष ०७६/७७ मा प्रदेश नम्बर–१ मा सबैभन्दा बढी बलात्कारका घटना प्रहरीमा दर्ता भए । उक्त वर्ष प्रदेश–१ मा बलात्कारका ४८५ घटना दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १३९ घटना दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा पनि प्रदेश–१ मै सबैभन्दा बढी बलात्कारका ६०४ घटना दर्ता भएका छन् । सबैभन्दा कम कर्णालीमा १५५ घटना दर्ता भए ।

चालु आर्थिक वर्षको वैशाखसम्म लुम्बिनी प्रदेशमा सबैभन्दा बढी बलात्कारका ३१० घटना दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १२२ घटना दर्ता छन् ।

अधिकांश पीडित बालिका
आर्थिक वर्ष ०७५/७६ मा २२ सय ३० बलात्कारका घटनामा ८८९ पीडित ११ देखि १६ वर्षमुनिका बालिका छन् । १० वर्षमुनिका २९८ जना छन् ।

आर्थिक वर्ष ०७७/७८ मा पनि ११ देखि १६ वर्षमुनिका ८०१ बालिका बलात्कृत भएका तथ्यांक छ । उक्त वर्ष १० वर्षमुनिका २७३ जना बलात्कृत भए ।

प्रहरीका अनुसार बलात्कारका धेरैजसो घटनामा आफन्त र चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । कतिपय घटनालाई दबाउने तथा पीडितले सामाजिक अवहेलना व्यहोर्नुपर्ने अवस्था रहेकाले बलात्कारका सबै घटना बाहिर आउन नसकेको प्रहरी अधिकारीहरूको बुझाइ छ ।

पछिल्लो समय नेपालमा बलात्कारविरुद्ध कडा कानुन बनाउनुपर्ने माग उठ्दै आएको छ ।

प्रकाशित : २०७९ असार ९ गते १२:०१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI