हुप्सेकोटको बजेट ५९ करोड ४३ लाख

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ११ गते ८:५७
हुप्सेकोटको बजेट ५९ करोड ४३ लाख

नवलपुर । हुप्सेकोट गाउँपालिकाले आगामी आ.व २०७९/८० का लागि ५९ करोड ४३ लाखको बजेट ल्याएको छ ।

हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष पुर्ण सिंह रानाद्वारा प्रस्तुत ५९ करोड ४३ लाखको बजेट गाउँ सभामा पेस गरेका हुन ।

शुक्रबार प्रस्तुत बजेटमा शिक्षामा ३ करोड ५० लाख, स्वास्थ्यमा ५० लाख, खानेपानी तथा सरसफाईमा १७ लाख ,युवा तथा खेलकुदमा २५ लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी गाउँपालिका स्तरीय सामाजिक विकास कार्यक्रमका लागि ६ करोड ९५ लाख ८१ हजार, वन वातावरण तथा विपद तर्फ १ करोड १४ लाख रकम विनियोजन भएको छ । पुर्वाधारण विकास तर्फ १४ करोड ९१ लाख रकम विनियोजन गरिएको छ । पशु विकास कार्यक्रत तर्फ ५० लाख, कृषि विकास कार्यक्रम तर्फ ५० लाख गरि आर्थिक विकास कार्यक्रम तर्फ कुल २ करोड रकम विनियोजन गरिएको छ ।

बजेटमा संस्थागत विकास तर्फ १ करोड २७ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ६ करोड ८२ लाख , लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम तर्फ २० लाख, धर्म संस्कृति तर्फ २५ लाख रकम विनियोजन गरिएको छ ।

हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशले गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र गाउँपालिका उपाध्यक्ष पुर्ण सिंह रानाले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक पास गरेको छ ।

प्रकाशित : २०७९ असार ११ गते ८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI