No ads found for this position

बाढीले डाईभर्सन बगाउँदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ११ गते १०:४८
No ads found for this position
बाढीले डाईभर्सन बगाउँदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध
No ads found for this position

नवलपुर । पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपुरको अरुणखोला र दुम्कीबास बीचको डाइभर्सन सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।

नवलपुर प्रहरीका अनुसार शुक्रबार राती देखि परेको पानीको कारणले बाढी आउँदा त्यहाँको डाईभर्सन बगाउदा पुर्व पश्चिम महेन्द्रराजमार्गको यातायात अवरुद्ध भएको हो ।

महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका सवारीसाधन नवलपरासीको दुम्कीबास, चोरमारा र कावासोतीको जंगलमा प्रहरीले रोकिदिएको छ । बगाएको खण्डमा राजमार्ग खुुलाउने प्रयास भइरहेको प्रहरीले जनायो ।

महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी कच्चि सडक बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डका २ सय बढी स्थानमा डाइभर्सन बनाइएको छ ।

प्रकाशित : २०७९ असार ११ गते १०:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI