No ads found for this position

सार्वजनिक सवारीसाधनको भाडा घट्यो [सूचीसहित]

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १२ गते १२:१६
No ads found for this position
सार्वजनिक सवारीसाधनको भाडा घट्यो [सूचीसहित]
No ads found for this position

काठमाडौँ — इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ अर्थात १५.१० प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।

विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्नेछ ।

यस्तो छ अन्तरप्रदेश चल्ने सवारीसाधनको नयाँ भाडादर

प्रकाशित : २०७९ असार १२ गते १२:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI