प्रहरी चौकीमा पस्यो बँदेल : प्रहरी सहित ४ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १२ गते १४:४६
प्रहरी चौकीमा पस्यो बँदेल : प्रहरी सहित ४ जना घाइते

राज चापागाईं/नवलपुर ।

नवलपुरको जिल्ला प्रहरी कार्यालयमा डियुटीमा रहेका प्रहरीलाई चौकी भित्र पसेर बदेलले आक्रमण गरेको छ । बदेलको आक्रमणबाट दुई जना प्रहरी र दुई जना स्थानिय घाइते भएका छन ।

घाइतेहरुमा एक जना प्रहरी सामान्य घाइते रहेको र एक जना प्रहरीको मध्यबिन्दु जिल्ला अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पातल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

स्थानिय योग प्रसाद रिजाल र सदानन्द जैशी बाटोमा हिडिरहेको बेलामा आक्रमण गर्दा जैशी घाइते भएका छन भने रिजालको अवस्था सामान्य छ ।घाइते मध्ये २ जनाको नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

आज बिहान करिव आठ बजेको समयमा बदेलले पञ्चकन्याचोकमा र जिल्ला प्रहरी कार्यलय भित्रै पसेर आक्रमण गरेको थियो ।

प्रकाशित : २०७९ असार १२ गते १४:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI