No ads found for this position

कावासोतीका शिक्षकले पाएनन तेस्रो चौमासिकको तलब

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १२ गते १७:४४
No ads found for this position
कावासोतीका शिक्षकले पाएनन तेस्रो चौमासिकको तलब
No ads found for this position

राजु चापागाईं “राज”/नवलपुर ।

कावासोती नगरपालिकाका शिक्षकहरुले असार महिनाको दोस्रो हप्ता सकिने बेला सम्म पनि तेस्रो चौमासिकको तलब भत्ता पाउन सकेका छैन्न ।

नगरपालिकाले तेस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब पाउन नसकेका हुन् ।

नगरपालिकाले मध्य असार सकिने बेला सम्म पनि शिक्षकहरुले तेस्रो चौमासिकको तलब भत्ता निकास नगर्दा दैनिक जीवन यापन चलाउन समेत गार्हो भएको जनकल्याण माध्यमिक विद्यालय कावासोती-८ का प्रधानाध्यापक अर्जुन देवकोटाले बताए ।

माध्यमिक तह सम्मको जिम्मेवारी स्थानिय तहलाई दिए पछि हरेक वर्षको तेस्रो चौमासिक प्राय यो समस्या आउने गर्छ तर यसलाई समाधान गर्न स्थानीय सरकारले ध्यान नदिएको देवकोटा बताउछ्न ।पहिले पहिले जिल्ला शिक्षा कार्यालयले जिल्ला भरका शिक्षकलाई समयमै तलब वितरण गर्थ्यो तर स्थानिय तहमा जिम्मेवारी आए पछि समस्या झनै जटिल हुँदै गएको उनको भनाई छ ।

शिक्षकहरुले समयमै तलब नपाउदा समस्या परेको नेपाल राष्ट्रिय शिक्षक संगठन कावासोती नगरकमिटी अध्यक्ष विष्णु न्यौपानेले बताए । हरेक वर्ष जसो देखिने यो समस्यालाई समाधान गर्न नगरका शिक्षकका पेशागत संस्थाहरुले मासिक रुपमा नै तलब भत्ता उपलब्ध गराउन नगरपालिका समक्ष माग गरेको न्यौपानेले बताए । “चौमासिक रुपमा तलब दिदा हरेक वर्ष यो समस्या आउने गरेको छ, यस्को समाधान भनेकै मासिक रुपमा तलब भत्ता वितरण नै हो यो विषयमा नगरपालिकाले ध्यान दिन पर्छ” न्यौपानेले बताए ।

शिक्षकको तलब भत्ताको लागि यो वर्षका लागि आएको रकम अपुग भएकाले तेस्रो चौमासिकको तलब भत्ता समयमै दिन नसकिएको कावासोती नगरपालिकाका लेखा अधिकृत मदन गौतमले बताए ।

“विभागले पठाएको अख्तियारी अनुसार हामीले दोस्रो चौमासिक सम्मको तलब भत्ता दिएका हौ, तेस्रो चौमासिकमा अपुग भएर रोकिएको छ, अपुग तलब शिक्षा विभागमा माग गरेर पठाएका छौ, निकासा आउन साथ तलब शिक्षकहरुले तलब पाउनु हुन्छ,” गौतमले भने ।

लक्ष्य अनुसारको राजस्व न उठदा आन्तरिक स्रोतबाट तलब व्यवस्थापन गर्न पनि समस्या परेको गौतमले बताए । “यहि बेला अन्य योजनाको पनि भुक्तानी दिनु पर्ने चाप छ, लक्ष्य अनुसार राजस्व उठेन आन्तरिक स्रोत बाट तलब खुवाउन पनि अप्ठयारो परेको छ,” गौतमले भने ।

विगतका दिनमा तेस्रो चौमासिक तलब भत्ता जेठमा दिने अभ्यास गरे पनि यस पटक भने तलबका लागि अख्तितारी आएको बजेट कम भएकाले ढिलो भएको कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले बताए । शिक्षकको थप तलबको लागि पालिकाले शिक्षा विभाग र शिक्षा मन्त्रालयमा पत्राचार गरिएको अधिकृत पाण्डेले बताए ।

नगरपालिकाले आन्तरिक स्रोतबाट विद्यालयका बाल विकास सहजकर्ता, लेखापाल र कार्यालय सहयोगीलाई आफ्नै स्रोतबाट समेत १ करोड ३० को हाराहारीमा व्यवस्थापन गर्नु पर्ने र अन्य योजनाको समेत भुक्तानी गर्नु पर्ने भएकाले अन्य अपुग तलबका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट तत्काल मिलाउन गाह्रो भएको पाण्डेको भनाई छ । “नगरपालिका सँग भएको स्रोतले मात्रै पुग्दै केन्द्रिय ससर्त अनुदान आउन साथ तलब भत्ता निकासा हुन्छ” पाण्डेले भने ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानको तेस्रो चौमासिक निकासा समयमै न आएकाले नगरपालिकाले शिक्षकको तलब समयमै निकासा गर्न नसकेको बताईरहदा गत फागुनको दोस्रो हप्तामा तलब बुझेका शिक्षकहरु भने यति बेला समस्यामा परेको बताउछ्न ।

प्रकाशित : २०७९ असार १२ गते १७:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI