No ads found for this position

७० वर्षीया काजलकलीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १२ गते २१:२४
No ads found for this position
७० वर्षीया काजलकलीको मृत्यु
No ads found for this position

चितवन । भण्डै दुई हप्तादेखि जीवन मरणको संघर्षमा रहेकी ७० वर्षीयष काजलकलीको मृत्यु भएको छ । सौराहा आउने पर्यटक घुमाउने काजलकलीको शरीरका विभिन्न ठाउँमा घाउँ थिए । १० दिनदेखि बिरामी भएर ढलेकी काजलकलीको शरीर दुब्लो र ख्याउटे भएको थियो ।

काजलकलीलाई बचाउन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले पटक–पटक सहयोग ग¥यो । दुई पटकसम्म औषधि उपचार गरेरै उठाइएको थियो । तर यसपटक भने उनलाई उठाउन सक्ने अवस्था नरहेपछि उपचार गर्न कोसिस नगरिएको भेटेरीनरी प्राविधिक बताउँछन् ।

सौराहामा पर्यटक घुमाउनका लागि पाँच वर्षअघि व्यवसायी मधुकर रेग्मीले काजलकलीलाई भारतबाट नेपाल ल्याएका थिए । गत भदौमा पुनः भारतीयलाई नै बेचेपछि काजलकलीलाई भारत लैजादै गर्दा मकवानपुरको मनहरीबाट समातिएको थियो । त्यसपछि उनलाई पुनः सौराहा नै फिर्ता पठाइएको थियो ।

वन्यजन्तुको खरिद–बिक्री गर्न नपाइने अन्तर्राष्ट्रिय महासन्धीमा टेकेर सर्वोच्च अदालतमा परेको रिट र अदालतले दिएको आदेशले उसको भारत जाने बाटो बन्द भयो ।

सौराहा फर्किएपछि विक्री गरेका व्यवसायीले राख्न नमान्दा पर्यटन व्यवसायी श्रीलाल परियारको हात्तीसारमा काजलकली बस्दै आएकी थिई । उनलाई खरिद गरेका भारतीय र स्थानीय एक संस्थाले सबै खर्च व्यहोर्दै आइरहेका थिए भने रेखदेखका लागि दुई जना माहुते नै छन् ।

पछिल्लो समय काजलकलीमा खाएको पचाउन नसक्ने समस्या थियो । दाँत नहुने र खाएको पचाउन नसक्ने भएपछि वन्यजन्तुको आयु घट्ने गरेको छ । काजलकलीको अवस्था यस्तो हुनु खाना नपाएर नभई खाना पचाउन नसेकरै भएको प्राविधिकहरु बताउँछन् ।

प्रकाशित : २०७९ असार १२ गते २१:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI