No ads found for this position

डाईभर्सन बगाएपछि नारायणगढ- बुटवल सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १५ गते ८:३७
No ads found for this position
डाईभर्सन बगाएपछि नारायणगढ- बुटवल सडकखण्ड अवरुद्ध
No ads found for this position

नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड पुर्ण रुपमाअवरुद्ध बनेको छ ।

जिल्लाको  विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको नवलपुर प्रहरीले जनाएको छ ।

विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन् । बाटो खुलाउनका लागि केहि समय लाग्ने  नवलपुर प्रहरीले जनाएको छ  ।

महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका सवारीसाधन नवलपरासीको दुम्कीबास, चोरमारा र कावासोतीको जंगलमा प्रहरीले रोकिदिएको छ । बगाएको खण्डमा राजमार्ग खुुलाउने प्रयास भइरहेको प्रहरीले जनायो ।

महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी कच्चि सडक बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डका २ सय बढी स्थानमा डाइभर्सन बनाइएको छ ।

प्रकाशित : २०७९ असार १५ गते ८:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI