बुलिङ्गटारमा काकाद्वारा भतिजो माथि बन्चरो प्रहार : अवस्था गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १७ गते ८:२४
बुलिङ्गटारमा काकाद्वारा भतिजो माथि बन्चरो प्रहार : अवस्था गम्भीर

नवलपुर । नवलपुरको बुलिङटारमा काकाले आफ्नै भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् । बुलिङटार गाँउपालिका वडा नं. ३ बगैचामा ६४ वर्षका पदम बहादुर कुमालले ३२ वर्षका देवीराम कुमाल माथि बन्चरो प्रहार गरेका हुन् ।

घरमा खाना खाइरहेका देवराम माथी काका पदमले पछाडीबाट टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीचौकी बुलिङटारले जनाएको छ ।बन्चरो प्रहारबाट गम्भिर घाइते भएका कुमाललाई थप उपचारका लागि पोखरा तर्फ पठाइएको स्थानीय विष्णुबहादुर कुमालले उज्यालो खबरलाई   बताउनुभयो ।

बुलिङटारबाट तनहुँको मधुवनसम्म घाइतेलाई बोकेर लगिएको र त्यहाबाट एम्बुलेन्स मार्फत पोखरा पठाइएको उहाँले बताउनुभयो । भतिजमाथी बन्चरो प्रहार गर्ने पदम बहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ असार १७ गते ८:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI