No ads found for this position

गैंडाकोटमा बाढीको जोखिममा १२ वटा वडा,डुबानको जोखिममा २ र ४

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १७ गते १४:५८
No ads found for this position
गैंडाकोटमा बाढीको जोखिममा १२ वटा वडा,डुबानको जोखिममा २ र ४
No ads found for this position

गैँडाकोट । गैँडाकोट नगरपालिकामा बाढिको जोखिममा १२ वटा वडा रहेका छन् । नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख शंखर कंडेललेका अनुसार वडा नम्बर १, २, ६, ७, ८, ९, १०, ११, १३, १४, १५ र १७ बाढिकोे उच्च जोखीममा रहेका छन् । त्यस्तै डुबानको जोखीमा वडा नम्बर २ र ४ रहेका छन् ।
नगरपालिकाका अनुसार वडा नम्बर ३ र १८ पहिरोको जोखीममा रहेका छन् । आगलागीको जोखीममा ८ वटा वडा रहेका छन् । जसमा वडा नम्बर १, २, ४, ५, ८, ११, १५ र १७ रहेका छन् । सडक दुर्घटनामा १२ वटा वडा जोखीममा रहेका छन् । जसमा वडा नम्बर २, ४, ५, ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ रहेका छन् ।
त्यस्तै महामारीको जोखीममा ८ वटा वडा वढि जोखीममा रहेका छन् । जसमा वडा नम्बर १, २, ४, ५, ८, ११, १५ र १७ नम्बर रहेका छन् । भूकम्पको बढि जोखीममा ८ वटा वडा रहेका छन् । जसमा वडा नम्बर १, २, ४, ५, ८, ११, १५ र १७ रहेको कंडेलले बताउनुभयो ।
गैँडाकोटमा आउने विपद् व्यवस्थापनका लागि एक करोड रुपयाँ विनियोजन गरिएको छ । विपद् हुन नदिन र भएमा यसलाई कम गर्न नगरपालिकाले काम गरिरहेको गैँडाकोट नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितीका संयोजक प्रकाश सापकोटाले बताउनुभयो । बाढिको बस्तिमा आउनु नदिन नारायणी किनारमा तट्बन्धको काम भइरहेको उहाँको भनाई छ ।
जोखीममा रहेका बस्तीमा बाढी पसेमा बस्तीलाई सुरक्षित ठाउँमा सार्नको लागी विभिन्न विद्यालयहरु सगँ सहकार्य भएको सापकोटाले बताउनुभयो ।

प्रकाशित : २०७९ असार १७ गते १४:५८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI