नेपाल आज क्यानडासँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २१ गते ८:५१
नेपाल आज क्यानडासँग खेल्दै

नवलपुर । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले क्यानमा घरेलु टोलीसँग दुई एकदिवसीय खेल खेल्ने तालिका छ । पहिलो एकदिवसीय खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो । यअसघि नेपालले क्यानडामा दुई अभ्यास खेल खेलेको थियो । एकदिवसीय र ट्वान्टी–२० दुबै अभ्यास खेल नेपालले जितेको थियो ।

किङ सिटी रंगशालामामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार खेल्नेछ ।

क्यानडाविरुद्धको खेलपछि नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नका लागि स्कटल्यान्ड जानेछ । त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : २०७९ असार २१ गते ८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI