फेरि फैलिदै कोरोना : २४ घण्टामा ९० जनामा संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २१ गते १७:१७
फेरि फैलिदै कोरोना : २४ घण्टामा ९० जनामा संक्रमण

नवलपुर । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ११२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७३ जना र १ हजार १६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४४४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५५५ पुगेको छ । हाल नेपालमा ४ सय १ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रकाशित : २०७९ असार २१ गते १७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI