माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २२ गते ९:०५
माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते

चितवन । चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

माडी नगरपालिका वडा नं. ९ कृष्णनगरका ५३ वर्षका मंगल बोटे हात्तीको आक्रमणबाट घाइते भएका हुन् ।

मकैं बारीमा आएको हात्ती धपाउने क्रममा उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

उनको दुवै साप्रामा चोट लागेको छ । अवस्था सामान्य छ ।

प्रकाशित : २०७९ असार २२ गते ९:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI