इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २२ गते ९:१०
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

युरो १ को खरिददर १३०.४५ पैसा  र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा र विक्रीदर ८६.५२ पैसा रहेको छ ।

जापानी येन १० को ९.३२ पैसा रहेको छ । विक्रीदर ९..३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.९० पैसा  विक्रीदर १८.९९ पैसा रहेको छ ।

कतार रियाल १ को ३४.६९ पैसा रहेको छ । विक्रीदर ३४.८५ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.७६ र विक्रीदर ३३.९२ पैसा रहेको छ ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

प्रकाशित : २०७९ असार २२ गते ९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI