नवलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल सर्वसम्म्त

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २२ गते ९:१६
नवलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल सर्वसम्म्त

नवलपुर । नवलपुर उद्योग बाणिज्यसंघको अध्यक्षमा बैकुण्ठप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । नवलपुरको कावासोतीमा सम्पन्न पाँचौ अधिवेशनले अर्यालयको अधयक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा भेष बहादुर अधिकारी, उपाध्यक्ष (बाणिज्यतर्फ) राजेन्द्र पाण्डे, महासचिवमा बुद्धिसागर पोखरेल, सचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा रमेश अधिकारी निर्विरोध चयन हुनुभएको छ । पदाधिकारी तर्फ उपाध्यक्ष (उद्योग तर्फ) कसैको पनि उमेदवारी नपरेपछि सो पद रिक्त हुने भएको छ ।

कार्यसमिति तर्फ १८ जना सदस्यहरुका लागि १९ जनाको उमेदवारी दर्ता भएपछि सहमतीको प्रयास भैरहेको छ । उमेदवारी फिर्ता लिने समय बाकि रहेकोले आजै एकजनाको उमेदवारी फिर्ता गराएर सबै पदमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने तयार भएको बुझिएको छ ।

प्रकाशित : २०७९ असार २२ गते ९:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI