अर्थमन्त्री शर्माले दिए राजीनामा

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २२ गते १६:३९
अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

यस अघि बजेट बनाउँदा बिचौलिया प्रवेश गराइएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति बनाउने निर्णय भएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति नै गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली काँग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य राख्ने सहमति पनि भएको छ।
विभिन्न दलहरुले समिति सदस्य चयन गरेपछि सभामुखले सभामा उक्त सहमति संसदमा प्रस्तुत गरेका हुन ।

प्रकाशित : २०७९ असार २२ गते १६:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI