नवलपुरमा एक वर्षमा ३१ हजार १९३ सवारी साधन कारवाहीमा : २ करोड बढि राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन २ गते १२:४४
नवलपुरमा एक वर्षमा ३१ हजार १९३ सवारी साधन कारवाहीमा : २ करोड बढि राजस्व संकलन

राजु चापागाई “राज”/नवलपुर

नवलपुरमा एक बर्षमा ट्राफिक नियम उल्लघन गर्ने करिब साढे दुइ लाख सवारी साधन कारबाहीमा परेका छन। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले आर्थिक वर्ष २०७८। ०७९ मा ट्राफिक नियम उल्लङघन गर्ने ३१ हजार १९३ वटा सवारी साधनलाई कारवाही गरेको छ । ट्राफिक नियम विपरित संचालन गरिएका ती सवारी कारवाहीबाट २ करोड ११ लाख ८१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

संकलित जरीवाना र कारबाहीमा पर्ने सवारी साधनको संख्याले ट्राफिक प्रहरीको सक्रियता देखाएपनि सडक दुर्घटनामा भने कमी आएको छैन। जिल्लामा अघिल्ला बर्षमा भन्दा यसपाली दुर्घटना बढेका छन्। प्रहरीले भने राजस्व असुलीमा भन्दा दुर्घटनामा न्युनिकरण र ट्राफिक नियमको पालनामा जोड दिएर कारबाही गरीएको दावी गरेको छ।

प्रहरीको तथ्याङ्क अनुसार ट्राफिक नियम उल्लघन गर्नेमा एक नम्बरमा ट्रक र दोश्रो नम्बरमा मोटरसाइकल देखिएका छन। गत आर्थिक बर्षमा जिल्लामा ११ हजार ७५३ वटा ट्रक कारबाहीमा परेका छन। ट्राफिक नियम उल्लघन गर्ने ती ट्रकबाट जरीवाना बापत ८४ लाख १५ हजार ५ सय राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीका अनुसार जिल्लामा एक वर्षको अवधिमा ११ हजार ७१ वटा मोटरसाइकल प्रहरी कारबाहीमा परेका छन। ती मोटरसाइकलको कारबाहीबाट ७७ लाख ५६ हजार ५०० राजश्व संकलन भएको छ ।

त्यस्तै गरि कारबाहीमा परेका २ हजार ११२ वटा बसबाट १२ लाख ८१ हजार जरीवाना असुल भएको छ । ४ हजार ४१४ वटा जिपकार भ्यान कारबाहीमा परेका छन। जसबाट जरीवाना स्वरुप २५ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको छ । कारबाहीमा परेका १ हजार ७४३ वटा ट्रयाक्टरबाट ११ लाख ४५ हजार जरीवाना असुल गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीले ट्राफिक नियम उल्लघन गर्नेलाइ कारबाही स्वरुप करोडौ जरीबाना असुल उपर गरे पनि सडक दुर्घटना घटेको छैन। बरु बढेको छ। जिल्लामा एक बर्षको अवधीमा १ सय २३ वटा सडक दुर्घटनाका घटना भएका थिए। ती दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन भने २ सय ३९ घाइते भएका छन । दुर्घटनाबाटमानवीय क्षतीसगै बर्षेनी करोडौको सम्पत्ती समेत नोक्सान भइरहेको छ।

प्रकाशित : २०७९ साउन २ गते १२:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI