No ads found for this position

सरस्वती निकेतनका ९ विद्यार्थीद्धारा पूर्णछात्रवृतिमा उच्चशिक्षा अध्ययनमा नाम निकाल्न सफल

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन ३ गते ९:४०
No ads found for this position
सरस्वती निकेतनका ९ विद्यार्थीद्धारा पूर्णछात्रवृतिमा उच्चशिक्षा अध्ययनमा नाम निकाल्न सफल
No ads found for this position

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोटमा अवस्थित सरस्वती निकेतन आवाशीय माध्यामिक विद्यालयबाट कक्षा एघार र बाह्र अध्ययन गरेका ९ जना विद्यार्थीहरुले विभिन्न विश्वविद्यालयबाट लिइएको प्रवेश परिक्षामा उत्कृष्ट नतिजा ल्याउँदै पुर्ण छात्रबृतिमा नाम निकाल्न सफल भएका छन् ।

विद्यालयका विद्यार्थीहरु कुल प्रसाद पौडेल र सृष्टि विकले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएको विद्यालयका प्रचार्य भरतबाबु कंडेलले जानकारी दिनुभयो । त्यसैगरी अर्का विद्यार्थी दिलमाया रानाले पूर्णछात्रवृतिमै (ब्याचलर ईन अप्टोमेट्री) अध्ययनका लागि नाम निकाल सफल भएकी छिन् । 

विद्यार्थीहरु स्वस्तिका क्षेत्री, कल्पना सिग्देल, र राजु रेग्मीले पोखरा विश्वविद्यालयमा विबिए अध्ययनका लागि नाम निकाल्न सफल भएका छन् भने अमृत ढकाल, माधव कुमार चौधरी र बन्दलना आचार्यले क्रमश: बीई सिभिल बिपीएच र बीएसी नर्सीङ अध्ययनका लागि नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।

यसैविच सरस्वती निकेतन माध्यामिक विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको तयारी सुरु गरेको छ । एसइइको नतिजा संघारमा आउँदै गर्दा विद्यालयलले विभिन्न संकायमा भर्नाको तयारी थालेको हो । विज्ञान, ब्यवस्थापन,होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा भर्नाको तयारी थालिएको हो ।वि.स २०५० सालमा स्थापना भएको सरस्वती निकेतन माध्यामिक विद्यालययले २०६६ सालदेखि उच्च माध्यामिक तहमा पठनपाठन सुरु गरेको थियो ।

प्रकाशित : २०७९ साउन ३ गते ९:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI