No ads found for this position

प्र्याङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन १० गते १८:५६
No ads found for this position
प्र्याङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ
No ads found for this position

कावासोती । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने हुप्सेकोट-३ नवलपुरका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताए ।

उनका अनुसार भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

भुसालले बनाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । त्यसपछि प्रहरीले यो घटनामा अनुसन्धान थालेको थियो ।

प्रकाशित : २०७९ साउन १० गते १८:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI