No ads found for this position

सडक भित्तामा बस ठोकिएर आगलागी हुँदा ३३ घाईते, ६ जनाको अवस्था गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन ११ गते ९:०७
No ads found for this position
सडक भित्तामा बस ठोकिएर आगलागी हुँदा ३३ घाईते, ६ जनाको अवस्था गम्भीर
No ads found for this position

नवलपुर । पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डको दाउन्नेमा गुडिरहेको यात्रु बस अनियन्त्रित भइ सडक छेउको भित्तामा ठोक्किएर आगलागी हुँदा ३३ जना घाईते भएका छ्न ।

बुधबार बिहान ५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ५१०० नंको बस दाउन्ने सडक खण्डको विश्वकर्मा बाबा नजिकै सडकको दायाँ छेउमा अनियन्त्रित भई ठोक्किएर आगलागी भएको नवलपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट बसमा सवार ३३ जना घाईते भएका र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते मध्य ८ जनाको भरतपुर र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ साउन ११ गते ९:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI