नवलपुरमा पानीमा डुबेर दुईजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन १५ गते ७:४०
नवलपुरमा पानीमा डुबेर दुईजनाको मृत्यु

नवलपुरमा शनिबार पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ भने एकजनालाई जिवितै उद्धार गरिएको छ । कावासोतीमा भएका दुई घटनामा दुईजनाको मृत्यु भएको छ भने गैँडाकोटमा भएको घटनामा जिवितै उद्धार गरिएको हो । मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन् ।

कावासोती ४ झोलुङ्गे पुल स्थित पोखरीमा साँझ पौने पाँच बजेतिर पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको हो । देवचुली १० गणेश टोल बस्ने माया सिंजालीको छोरा ६ वर्षको रितिक सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पौडी खेल्ने क्रममा अचानक डुबि बेपत्ता भएका थिए । अस्थाई प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गरी उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कावासोती १४ हेगौलीमा माछा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । हेगौलीका पुरण चौधरीकी छोरी २ वर्षिया प्रिन्सा चौधरीको मृत्यु भएको हो । आफ्नै घर अगाडी आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबी रहेको अवस्थामा उनको आमाले देखि उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाईएकोमा बिहान पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता गैँडाकोट १ ब्रिटिश क्याम्प नजिक नारायणी नदिमा पौडि खेल्ने क्रममा नारायणी नदिले बगाएका युवकको भने उद्धार गरिएको छ । चितवन भरतपुर १० बस्ने २४ वर्षिय सुजन थापालाई उद्धार गरिएको हो । पौडि खेल्ने क्रममा नारायणी नदिले बगाएका उनलाई ईलाका प्रहरी कार्यलय गैँडाकोट र स्थानियको सहायतामा उद्धार गरीएको हो । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

प्रकाशित : २०७९ साउन १५ गते ७:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI