राष्ट्रिय भूमि आयोग नवलपुरले पायो पूर्णता

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन २५ गते १५:१८
राष्ट्रिय भूमि आयोग नवलपुरले पायो पूर्णता

राजु चापागाई/नवलपुर
राष्ट्रिय भूमि आयोग नवलपुरले पूर्णता पाएको छ । राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलका अनुसार जिल्ला समिति सदस्यमा सुस्मा खनाल, राम ब्लोन र भागीरथ शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरे सँगै आयोगको जिल्ला समितिले पुर्णता पाएको हो ।

जिल्ला समितका सदस्यहरुलाई अध्यक्ष खरेलले जिल्ला प्रशासन कार्यालय नवलपुरमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको उपस्थितीमा पद तथा गोपनियताको सपथ गराएका छन । तीन जना सदस्य मध्य शर्माको पद तथा गोपनियताको सपथ हुन बाकी रहेको छ ।

यस अघि अध्यक्षमा कांग्रेसबाट खरेल चयन भए पछि सदस्यहरुमा चयन भएका खनाल नेकपा माओवादी केन्द्र, ब्लोन जनता समाजवादी पार्टी र शर्मा राष्ट्रिय जनमोर्चाको कोटामा नियुक्त भएका हुन ।

 

प्रकाशित : २०७९ साउन २५ गते १५:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI