No ads found for this position

नवलपुरमा भएका छुट्टाछुट्टै तीन वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन २५ गते १५:४८
No ads found for this position
नवलपुरमा भएका छुट्टाछुट्टै तीन वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाईते
No ads found for this position

राजु चापागाई/नवलपुर । नवलपुरमा भएका छुट्टाछुट्टै तीन वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन ।

विनयी त्रिबेणी गाउँपालिका वडा नं २ दाउन्ने बजार स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख २३८४ नंको ट्रकले ठक्कर दिदा घाइते भएका नर ब.सोमैको मृत्यु भएको छ । । ट्रकको ठक्करबाट गम्भिर घाईते सोमैको मध्यविन्दु जिल्ला अस्तपतालमा ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

त्यसै गरि मध्यबिन्दु न.पा.७ गिरुबारी पुल स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु १ च ५०१९ नं.को एम्बुलेन्स र बिपरित दिशाबाट जादै गरेको प्रदेश३–००२–१२ प ०८२२ नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकलमा सवार मोटरसाईकल चालक प्युठान प्युठान नगरपालिका १० बस्ने को संजय पुन मगर र बिरेन्द्र सैनिक अस्पताल छाउनी काठमाण्डौमा कार्यरत प्राविधिक अमल्दार  अमर राना घाईते भएका नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेहरुको मध्यविन्दु जिल्ला अस्तपतालमा उपचार भैरहेको छ ।

त्यस्तै कावासोती नगरपालिका वडा नं ८ थकाली चोक स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको ना.५.ख ७५५२ नं.को ट्रकले दक्षिण बाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको गण्डकी प्र.–०४–०१ प १५६७ नं.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक विनयीत्रिबेणी गाउँपालिका ३ सर्दी बस्ने बिर बहादुर थारु घाईते भई उपचार को लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको र सामान्य उपचार पश्चात थप उपचारको लागी भरतपुर अस्पताल चितवन पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक,ट्रकचालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित : २०७९ साउन २५ गते १५:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI