अमरापुरीमा स्कुटरको ठक्करबाट एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन ३० गते १३:१५
अमरापुरीमा स्कुटरको ठक्करबाट एक जनाको ज्यान गयो

नवलपुर । स्कुटरले ठक्कर दिदा नवलपुरमा एक जनाको ज्यान गएको छ ।

जिल्लाको गैंडाकोट नगरपालिका वडा नं १७ अमरापुरी स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको बा.प्र.०३-००३ प ७०६३ नं.को स्कुटरको ठक्करबाट ७० वर्षीय मोहन बहादुर क्षेत्रीको ज्यान गएको हो ।

स्कुटरको ठक्करबाट गम्भीर घाईते भएका क्षेत्रीको उपचारका लागि भरतपुर तर्फ लैजादै गर्दा ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठक्कर दिने स्कुटर चालक कलाधर सापकोटा र निजकी श्रीमती नन्दिकली सापकोटा समेत घाईते भएका र उनिहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ साउन ३० गते १३:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI